काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा १ सय ४० जना कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबारसूचना जारी गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी कर्मचारी माग गरेको हो ।
प्राधिकरणले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । प्राधिकरणले लोकसेवा आयोगबाट सहमति प्राप्त भएअनुसार योग्यता पुगेका नेपाली नागरिकहरूले २१ दिनभित्र प्राधिकरणको वेबसाइट मार्फत् दरखास्त फारम भर्न आह्वान गरेको छ ।
