images
images

प्रेस काउन्सिल नेपालले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? 


  • 344
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    प्रेस काउन्सिल नेपालले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । प्रेस काउन्सिल नेपालले कर्मचारी माग गरेको छ ।  प्रेस काउन्सिल नेपालले आज एक सुचना जारी गर्दै १२ जना कर्मचारी माग गरेको हो । 

    प्रेस काउन्सिल नेपालले अधिकृत (प्रशासन) खुल्ला र महिलाको लागि ३ जना, अधिकृत (लेखा)को लागि  १ जना, सहायक स्तर पाँचौमा (प्रशासन) को लागि ४ जना, सहायकस्तर चौथोको लागि ४ जनामा माग गरेको छ । 

    अधिकृत (प्रशासन)को लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कुनै पनि विषयमा स्नातक वा सो सरह पास गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् । त्यस्तै, अधिकृत (लेखा)को लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन, बाणिज्य शास्त्र र व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र र जनाप्रशासनमभ्ये कुनै एक विषयमा स्नातक वा सो सरह पास गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् । 

    त्यस्तै, सहायक स्तर पाँचौमा लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रमाणपत्र तह वा सो सरह उत्र्तीण गरेको (एसईई) मा कक्षा ११ र १२ मा प्रत्येक विषयमा डी प्लस र जिपिए १ दशमलव ६ ल्याएको व्यक्तिले आवेदन दिनसक्नेछन् । 

    त्यस्तै, सहायकस्तर चौथोको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईईमा कम्तिमा जीपीए २ वा  एसएलसी वा सो सरह उत्र्तीण गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् । 

    उक्त पदको लागि आवेदन दिन इच्छुक व्यक्तिले जेठ १८ गतेसम्म आवेदन दिनसक्नेछन् । 

    press.JPG

    press 1.JPG


    images

    Logo