images
images

एनएमबिको ग्राहकलाई नयाँ अफर, यी स्टोरबाट सामान खरिद गर्दा ५ सय  क्यासब्याक


  • 596
    SHARES
  • २०७८ आषाढ २५ गते शुक्रबार

    एनएमबिको ग्राहकलाई नयाँ अफर, यी स्टोरबाट सामान खरिद गर्दा ५ सय  क्यासब्याक

    काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने उद्देश्यसहित द्विपक्षीय समझदारी गरेको छ । 

    एनएमबि बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १० प्रतिशत वा  ५ सय सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो । 

    बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईट ‘एनएमबि भिसा कार्ड डिस्काउण्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

    एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

     


    images

    Logo