images
images

स्मार्टफोन रेडमी १०अब छुट मूल्यमा, कति पर्छ मूल्य ?


  • 525
    SHARES
  • २०८० जेठ ४ गते बिहीबार

    स्मार्टफोन रेडमी १०अब छुट मूल्यमा, कति पर्छ मूल्य ?

    काठमाडौं । स्मार्टफोन रेडमी १० २०२२ अब छुट मूल्यमा पाइने भएको छ ।

    ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी १० २०२२ प्रयोगकर्ताका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ । उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्धेश्यले रेडमी १० २०२२ मा अफर स्वरुप मुल्य घटाएको शाओमीले जनाएको छ ।


    रेडमी १० २०२२ यसको उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र बलियो सुविधाहरूको लागि व्यापक रूपमा प्रशंसा गरिएको छ । यो स्मार्टफोनमा ६.५ इन्चको यफयचडि प्लस डिस्प्ले रहेको छ, जसले प्रयोगकर्ताहरूलाई गेम, भिडियो र मल्टिमिडिया सामग्रीका लागि इमर्सिभ एक्सपेरिऐक्स अनुभव प्रदान गर्दछ ।

    उपलब्धताहरु :

    रेडमी १० २०२२ पेबल सेतो, कार्बन ग्रे, सी ब्लू गरी तीन रंगहरूमा उपलब्ध हुनेछ । यो ४जीबी +६४ जीबी  र ६ जीबी + १२८ जीबी गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ ।

    रेडमी १० २०२२ ४जीबी + ६४जीबीको वास्तविक मूल्य  २० हजार ४ सय ९९ रहेकोमा छुट मूल्य १९ हजार ९ सय ९९ रहेको कम्पनीले जनाएको छ ।

    रेडमी १० २०२२ ६ जीबी + १२८ जीबीको  वास्तविक मूल्य २३ हजार ९ सय ९९ रहेकोमा छुट मूल्य २२ हजार ९ सय ९९ रहेको छ ।

    रेडमी १० २०२२ देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध छ, र छुट मूल्य जेठ २ देखि जेठ १७ सम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।


    images

    Logo