काठमाडौं । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई श्वासप्रश्वासको समस्या देखिएपछि आइसीयू कक्षमा राखेर उपचार भइरहेको छ ।
श्वासप्रश्वासको समस्या देखिएपछि उहाँलाई बुधबार साँझदेखि आइसीयू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए।
बाँस्तोलाका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उहाँलाई अक्सिजनको हाइफ्लो सर्पोटमा राखिएको छ”, उनले बताए । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सर्पोटमा राखेर उपचार भइरहेको छ ।
उहाँकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उहाँहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो ।



