काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा उत्साह छाएको छ ।
आइतबार नेप्से ७३.३३ अंकले बढेर २८९८.४३ अंकमा सीमित भएको छ ।
आज ३ करोड १५ लाखको कित्ता सेयर ८ अर्ब रूपैयाँ बराबरमा खरिद बिक्रि भएको छ ।
त्यसैगरि १७८ वटा कम्पनीको सेयर मुल्य बढ्दा ४ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने १ वटा कम्पनीको स्थिर रहेको छ ।
आज उपसमूहतर्फ सबै कम्पनीमा हरियाली देखिएको छ ।
यो दिन गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट कम्पनी, आइसीएफसी फाइनान्सको सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, ओरियन्टल होटल्स प्रालिलगायतका कम्पनी छन् ।