images
images

गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा दीपक मनाङ्गे


  • 734
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    गण्डकी प्रदेशको खेलकुद मन्त्रीमा दीपक मनाङ्गे

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गुरुङले गुण्डा नाइके भनेर चिनिने सांसद दीपक मनाङ्गे ( राजीव गुरुङ) लाई मन्त्री बनाएका हुन् । 

    मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ । उनको सपथ आज बिहीबार सवा ५ बजे हुनेछ । मनाङ्गे मनाङबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएका थिए ।
    कर्णली प्रदेशमा यसअघि युवा तथा खेलकुद मन्त्रालय थिएन । मनाङ्गेलाई मन्त्री बनाउन सामाजिक विकास मन्त्रालय फुटाएर नयाँ मन्त्रालय गठन गरिएको हो ।

    त्यसरी नै रिक्त रहेको आन्तरिक मामिला तथा कानून, भौतिक पूर्वाधार विकास मन्त्र मन्त्रालयको जिम्मा रामशरण बस्नेतलाई दिइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री गुरुङ आफैंले राखेका छन् ।


    images
    images

    Logo