images
images

निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने


  • 357
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    निजी क्षेत्रले पनि विद्युत् व्यापार गर्न पाउने

    काठमाडौं । निजी क्षेत्रले पनि विद्युत् व्यापारमा सहभागी हुन पाउने भएका छन् । आगामी वर्षको बजेटमार्फत् सरकारल यस्तो नीतिगत निर्णय गरेको हो । 

    अहिले विद्युत् व्यापारको एकाधिकार नेपाल विद्युत् प्राधिकरणमा रहँदै आएको छ । निजी क्षेत्रले लामो समयदेखि विद्युत्को वैदेशिक व्यापार निजी क्षेत्रका लागि खुला गर्न माग गर्दै आएका थिए । 

    अहिले प्रणालीमा झण्डै २८ सय मेगावाट बराबरको जडित क्षमता छ । आगामी वर्ष थप ९०० मेगावाट बिजुली प्रणालीमा थपिने अपेक्षा गरिएको छ । सरकारले विद्युत्लाई मुख्य निर्यातित सेवाको रुपमा घोषणा गर्दै निर्यातलाई तीब्र पार्ने जनाएको छ । 

    आगामी वर्ष शतप्रतिशत जनतामा विद्युत् सेवा पुर्याउने लक्ष्य समेत सरकारले लिएको छ । इन्धन आयात घटाउन आगामी वर्ष प्रतिव्यक्ति विद्युत् खपत ५५० किलोवाट घण्टा पुर्याउने लक्ष्य समेत सरकारले लिएको छ ।


    images

    Logo