images
images

हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुलाई सहजीकरण 


  • 551
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    हवाई मार्गबाट नेपाल प्रवेश गर्ने यात्रुलाई सहजीकरण 

    काठमाडौं । अध्यागमन विभागले कोभिड–१९ महामारीको जोखिम न्यूनीकरणका लागि विदेशबाट स्वदेश आवागमन नियमनका लागि सहजीकरण गरेको जनाएको छ ।

    विभागले नेपाल आगमन तथा प्रस्थान सहजीकरणसम्बन्धी सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टको कोरानाको बढ्दो जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विदेशबाट स्वदेश आवागमन नियमनका लागि मन्त्रिपरिषद्को यही वैशाख १३ गतेको निर्णय कार्यान्वयन गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको विभागले उल्लेख गरेको छ ।

    यसअनुरुप नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकले स्थलमार्गबाट नेपाल प्रवेश गर्न सक्ने छैनन् । स्थलमार्गबाट नेपाल आउनुपर्ने भारतीय बा तेस्रो मुलुकको नागरिकले यात्रा गर्नुअघि स्वाब सङ्कलन भएको ७२ घण्टाभित्रको कोभिड नेगेटिभ रिपोर्ट तथा १० दिन अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण पेश गरेको आधारमा स्थानीय प्रशासनको अनुमतिमा नेपाल प्रवेश गर्न सक्नेछन् ।
     
    विमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति दिइने छैन । यसअघि स्वदेश प्रवेश गरिसकेका विदेशी नागरिकले हवाई वा स्थलमार्गबाट प्रस्थान गर्न चाहेमा प्रस्थान अनुमति दिइने विभागले जनाएको छ ।


    images
    images

    Logo