काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट देखिएको छ ।
सोमबार नेप्से परिसूचक ४५.०६ अंकले घटेर २८५४.७० विन्दुमा सीमित भएको छ ।
आज २ करोड ६० लाखको कित्ता सेयर ९ अर्ब ९८ करोड रुपैयाँमा कारोबार भएको छ ।
यो दिन १८६ वटा कम्पनीको सेयर मूल्य घट्दा ३१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो दिन सब इन्डेक्सतर्फ म्यूचुअल फण्डबाहेक सबैमा गिरावट देखिएको छ ।
यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने कम्पनीमा समृद्धि फाइनान्स, सप्तकोसी विकास बैंक, मल्टिप्रपोज फाइनान्स कम्पनी, सेञ्चुरी बैंकलगायतका कम्पनीको सेयर मूल्य बढेको छ भने सबैभन्दा बढी गुमाउने कम्पनीमा युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, ओरियन्टल होटल्स, माहुली सामूदायिक लघुवित्तलगायतका कम्पनी छन् ।


