images
images

निषेधाज्ञामा अत्यावश्यक सेवाको लागि सवारी पास नचाहिने (सूचना सहित) 


  • 582
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    निषेधाज्ञामा अत्यावश्यक सेवाको लागि सवारी पास नचाहिने (सूचना सहित) 

    काठमाडौं । निषेधाज्ञाको समयमा अत्यावश्यक काममा निस्कनेलाई पास नचाहिने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा वस्तुका सवारी साधनहरू, विरामी तथा कुरुवा, सरकारी कार्यालय तथा सार्वजनिक संस्थान, बैंक वित्तीय संस्था, बीमालगायत नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संघ संस्थाका कर्मचारीहरू, एयर पोर्ट जाने यात्रुका लागि सवारी पास आवश्यक नपर्ने जानकारी दिएको छ । 

    बिहीबार सूचना सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो जानकारी गराएको हो । 
    कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि उपत्यकामा सात दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । 

    सूचनामा अब मृत्यु संस्कार र अत्यन्त जरुरी बाहेक अन्य सवारी साधनले कार्यालयबाट पास नपाउने उल्लेख छ ।

    सूचना.jpeg.jpeg


    images

    Logo