images
images

परीक्षण गराउने ४० प्रतिशतमा संक्रमण पुष्टि, एकैदिन ३५ जनाको मृत्यु


  • 391
    SHARES
  • २०७८ बैशाख १६ गते बिहीबार

    परीक्षण गराउने ४० प्रतिशतमा संक्रमण पुष्टि, एकैदिन ३५ जनाको मृत्यु

    काठमाडौं । कोरोना परीक्षण गराउँदा पोजेटिभ नतिजा देखिनेको संख्या ४० प्रतिशत नजिक पुगको छ । बिहीबार परीक्षण गर्ने र पुष्टि हुनेको संख्याको आधारमा यस्तो देखिएको हो । 

    १२ हजार ५ सय ९७ जनाको परीक्षणमा बिहीबार ४ हजार ९ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    यसैबीच बिहीबार मात्रै कोरोनाको कारण थप ३५ जनाको मृत्यु भएको छ । कोरोनाको कारण नेपालमा एकैदिन मृत्यु भएको यो हालसम्मकै सर्वाधिक संख्या हो । 

    हालसम्म ३ हजार २ सय ४६ जनाले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या अहिले ३४ हजारभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । 


    images

    Logo