काठमाडौं । नेपाल बैंकले कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार सूचना जारी गर्दै चौँथो तहदेखि छैटौँतहसम्मका पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका नागरिकले असार २१ गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ । साथै दोब्बर दस्तुर तिरेर असार २८ गतेसम्म आवेदन दिनसक्ने बैंकले जनाएको छ ।
सो पदका लागि बैंकको वेबसाइटमा रहेको लिंकमार्फत अनलाइन आवेदन दिन सकिने छ ।
