काठमाडौं । आइएमई लाइफ इस्योरेन्सले कर्मचारी माग गरेको छ । इस्योरेन्सले आज एक सुचना जारी गर्दै सातै प्रदेशको लागि कर्मचाराी माग गरको हो ।
कम्पनीले चिफ मार्केटिङ अफिसरमा १ जना, हेड रिस्क डिपार्टमेन्टमा १ जना, सेमि क्वालिफाइड सिएमा केही संख्याले कर्मचारी माग गरेको छ । यसका साथै, इन्स्योरेन्सले लिगल अफिसरमा १ जना, आईटी एक्सक्युटीभमा केही संख्या, डिजिटल मार्केटिङमा १ जना र सातै प्रदेशमा ब्रान्च म्यानेजरहरुको लागि रोजगारको अवसर खुलाएको छ ।
कम्पनीका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुुभवि, क्षमतावान तथा नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने कम्पनीले जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेसम्म आवेदन दिन सक्ने छन् ।



