images
images

१३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई 


  • 688
    SHARES
  • २०८० आषाढ ९ गते शनिबार

    १३ वर्षदेखि राहदानी एउटै कम्पनीलाई 

    काठमाडौं । फितलो तयारीका कारण सरकारले खुला प्रतिस्पर्धा नगराई भेरिएसन गरेर करिब २० लाख थान राहदानी छाप्ने तयारी थालेको छ । समयमा बोलपत्र आह्वान नगरेपछि करिब १३ वर्षदेखि राहदानी छाप्दै आएको फ्रान्सको आडिमिया कम्पनीलाई फेरि पनि राहदानी छपाइको जिम्मा दिन लागिएको हो

    अहिले करिब ५ लाख थान राहदानी मात्र मौज्दात छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टेन्डरमार्फत राहदानी छपाएर खरिद गर्न समय लाग्ने भएकाले भेरिएसनको छिटो माध्यमबाट आपूर्ति गर्न लागिएको हो। अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री साउदले यस्तो बताएका हुन्।

     ‘सार्वजनिक खरिद ऐनअनुसार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्छ,’ समितिको बैठकमा उनले भने, ‘अहिले अभाव हुन नदिन भेरिएसन गरेर खरिद गर्नुपर्ने अवस्था छ।’खुला प्रतिस्पर्धा नगराई पटकपटक भेरिएसन गरेर राहदानी छापिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ। 

    सन् २०१० मा मेसिन रिडेबल राहदानी (एमआरपी) छाप्ने टेन्डर पाएको कम्पनीले सन् २०२० मा ई–पासपोर्ट छपाइको जिम्मा पाएको थियो। सन् २०२० को टेन्डर गर्दा सुरुका दिनमा करिब ५० लाख राहदानी छाप्ने योजना भए पनि २० लाख मात्र छापेकाले अहिले अभाव हुन थालेपछि भेरियसन गरेर छाप्न लागिएको हो। सरकारले एउटै कम्पनीलाई पटकपटक भेरिएसन गरेर राहदानी छपाइको जिम्मा दिने तयारी गरेपछि आशंका उत्पन्न भएको हो। 


    images

    Logo