images
images

सिजी ब्रुअरीका बोतल प्रयोग गरि उत्पादन तथा विक्रिवितरण नगर्न ओम ब्रुअरीलाई आदेश 


  • 604
    SHARES
  • २०८० आषाढ १४ गते बिहीबार

    सिजी ब्रुअरीका बोतल प्रयोग गरि उत्पादन तथा विक्रिवितरण नगर्न ओम ब्रुअरीलाई आदेश 

    काठमाडौं । उद्योग विभागले ओम ब्रुअरीद्वारा उत्पादितजोमसोम स्ट्रंग वियरले सिजी बु्रअरीका बोतल अनाधिकृत प्रयोग गरेकोमा उक्त कार्य तत्काल रोक्न र सिजी ब्रुअरीको बोतलप्रयोग गरि उत्पादन तथा विक्रिवितरणमा रोक लगाएको छ ।  

    ओम ब्रुअरीद्वारा सीजीब्रुअरी(नेपाल)प्राइभेट लिमिटेड इम्बोस सहितको बोतलप्रयोग गरी जोमसोम स्ट्रंग वियरको उत्पादन गरिएको हुदा, सो कार्य कानुनविपरित देखिएकाले उद्योग विभागका महानिर्देशक बाबुराम गौतमबाट देवानीकार्यविधि संहिता २०७४ को दफा १५६ बमोजिम सो वियरको उत्पादन तथा विक्रिवितरणमा रोक लगाउन अन्तरकालीन आदेश भएको हो ।

    यस अघि, सीजीब्रुअरीले ओम ब्रुअरीद्वारा उत्पादित जोमसोम स्ट्रंग वियरले सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अंकित नेपालआइसको वियरको बोतलमा रहेको ‘सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकहरुलाई झुक्याउनेगरी बोतलहरुमा जोमसोम स्ट्रंग वियरको स्टिकर लगाई विक्रिवितरण गरेको र यस कार्यले सीजीब्रुअरीको डिजाइन र ट्रेडमार्कको ख्यातीमा असरपुगेको भन्दै उद्योग विभागमा मुद्दा दर्ता गरेको थियो ।

    ‘ओम ब्रुअरीप्रा. लि. ले उजुरिकर्ताको मन्जुरी वेगर सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड अंकितवियरको वोतलमा रहेको ‘सीजीब्रुअरी(नेपाल) प्राइभेट लिमिटेड’नामलाई खुर्किएर ग्राहकलाई झुक्याउने गरी उजुरवालको नाम अंकित वोतलहरुमा जोमसोम स्ट्रंग वियर स्टिकर लगाई आफ्नो उत्पादन उजुरीकर्ताको नामतथा ट्रेडमार्क अंकितबोतलमा भरी बजारमा विक्रीवितरण गर्दै आएको हुदा सो कार्य पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ को दफा १६ ९२० विपरित देखियो,’आदेशमा भनिएको छ ।    

    सीजीब्रुअरीद्वारा उत्पादित नेपालआइस बियर नेपाली उपभोक्ता वीच लोकप्रिय ब्राण्ड हो । 

     


    images

    Logo