काठमाडौं । एलआईसी नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार सूचना जारी गर्दै ब्रान्च हेड र सिनियर एसोसिएट्स पदका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले ब्रान्च हेडका लागि १० जना र सिनियर एसोसिएट्सका लागि १० जना गरि कुल २० जना कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकले साउन ५ गतेभित्र आवेदन दिन बैंकले अनुरोध गरेको छ ।
उक्त पदहरुका लागि शैक्षिक योग्यता स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने पनि बैंकले जनाएको छ ।
