images
images

नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टर नेतृत्वमा सुबिन श्रेष्ठ


  • 474
    SHARES
  • २०८० आषाढ २० गते बुधबार

    नेपाल युवा उद्यमी मञ्चको ललितपुर च्याप्टर नेतृत्वमा सुबिन श्रेष्ठ

    काठमाडौं । नेपाल युवा उद्यमी मञ्च ललितपुर च्याप्टरको अध्यक्षमा सुबिन श्रेष्ठ चुनिएका छन् । सोमबार काठमाडौंमा सम्पन्न च्याप्टरको दोस्रो वार्षिक साधारणसभाबाट उनी अध्यक्ष चुनिएका हुन् ।

    ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत प्रमुख अतिथिकोरूपमा सहभागीता रहेको साधारणसभामा निवर्तमान अध्यक्ष राजकरण श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुबिनलाई संस्थाको नेतृत्व हस्तान्तरण गरेका थिए ।

    साधारण सभाले आगामी कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । च्याप्टरको प्रथम उपाध्यक्षमा नितु श्रेष्ठ र द्वितीय उपाध्यक्षमा एल्भिस रन्जित चयन भएका छन् ।

    साधारण सभाले व्यावसायिक प्रगति, सञ्जालीकरणको अवसर तथा सामुदायिक सहभागिताको प्रतिबद्धता व्यक्त गरेको छ ।


    images

    Logo