images
images

सिभिल बैंकले ९% ब्याजदरमा ३ अर्बको डिबेञ्चर जारी गर्ने, ४ संस्थाद्वारा बिक्रीको प्रत्याभूति


  • 389
    SHARES
  • २०७८ श्रावण ४ गते सोमबार

    सिभिल बैंकले ९% ब्याजदरमा ३ अर्बको डिबेञ्चर जारी गर्ने, ४ संस्थाद्वारा बिक्रीको प्रत्याभूति

    काठमाडौं । सिभिल बैंकले निष्काशन गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बिक्रीको प्रत्याभूति ४ संस्थाले गर्ने भएका छन् । नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलले सो प्रत्याभूति गर्ने भएका हुन् । आइतबार निष्कासनकर्ता बैंक र ती संस्थाहरुको अन्डरराइटिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम उनीहरुले धितोपत्रको बिक्री प्रत्याभूतिसम्बन्धी व्यवस्था गरेका हुन् । बैंकले धितोपत्र निष्कासन गरेको अवधिमा सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट माग नभएमा माग नभएको शेयर यी संस्थाहरुले खरिद गर्नेछन् । जसमा नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड, ग्लोबल आइएमई क्यापिटलले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड रुपैयाँ बराबरको डिबेन्चर प्रत्याभुति गर्ने सम्झौता गरेका हुन् । 

    सिभिल बैंकले ९ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको डिबेञ्चर निष्कासन गर्न लागेको हो । सो डिबेञ्चर २०८८ सालमा परिपक्व हुनेछ । लगानीकर्ताले प्रत्येक ६÷६ महिनामा वार्षिक ९ प्रतिशत दरमा ब्याज प्राप्त गर्नेछन् ।  


    images

    Logo