images
images

अब काठमाडौं दिल्ली उडान सातामा ६ पटक


  • 916
    SHARES
  • २०७८ श्रावण ४ गते सोमबार

    अब काठमाडौं दिल्ली उडान सातामा ६ पटक

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–दिल्ली उडानको संख्या सातामा २ बाट ६ पुर्याएको छ । प्राधिकरणले साउन ४ गतेदेखि भदौ १५ गतेसम्म दुई देशका वायुसेवालाई सातामा ६ वटा उडान गर्ने अनुमति दिएको हो । 

    नेपाल वायुसेवा निगम र भारतीय ध्वजाबाहक एयर इन्डियालाई सातामा ३–३ गरी ६ वटा उडान गर्ने अनुमति दिन लागेको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ देखि सातामा १४ वटा उडान हुँदै आएको काठमाडौं–दिल्ली उडान दुईवटामा सीमित गरिएको थियो । । अब नेपाल–भारत उडान बिहीबारबाहेक हरेक ६ दिनै हुने छ ।

    नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम र भारतको एयर इन्डियाले पुसदेखि दैनिक एक–एक उडान मात्रै गर्दै आएका थिए । लकडाउनको अवधिमा ८ महिना रोकिएको नेपाल–भारत उडानलाई दोस्रो लकडाउनमा मन्त्रिपरिषद्ले बन्दै नगरी सातामा दुईवटा उडानमा सीमित गरिएको थियो ।

    दुबै वायुसेवाले नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गर्दैैै सेवा प्रदान गर्नेछन् । 

     

     

     


    images

    Logo