images
images

जोशी हाईडोपावरले हकप्रद निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त


  • 606
    SHARES
  • २०८० आषाढ २५ गते सोमबार

    जोशी हाईडोपावरले हकप्रद निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

    जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हाइड्रोपावरले हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

    सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद शेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा जोशी हाईडोपावरको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् । 

     काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको जोशी हाईडोपावरीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रतिशेयर अंकित १०० रुपैयाँको दरले १ कित्ता शेयरको ०.६५ प्रतिशत को अनुपातमा २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निकाष्शन गर्नेछ । 


    images

    Logo