images
images

कोरोना नियन्त्रणका लागि करोडौंको कोष


  • 564
    SHARES
  • २०७८ बैशाख १७ गते शुक्रबार

    कोरोना नियन्त्रणका लागि करोडौंको कोष

    धुलिखेल । कोरोनाको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि धुलिखेल नगरपालिकाले एक करोडको कोष स्थापना गरेको छ ।
    नगरपालिकाले सम्भावित सङ्क्रमण नियन्त्रणका लागि एक करोडको कोष व्यवस्थापन गरी कोभिड–१९ का बिरामीलाई आवश्यक पर्ने निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

    हाल सङ्क्रमितमा कडा र गम्भिर प्रकारका लक्षण देखिएकोले सचेत रहन र कसैलाई कोभिड १९ का लक्षण देखिएमा वडा वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
     

    वडा ३, ४, ५, ६ र ७ मा कोरोना भाइरस सङ्क्रमण अत्यधिक देखापरेकोले सचेत रहन र जनस्वास्थ्यका मापदण्ड पालना गर्न, अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

    नगरपालिका क्षेत्रभित्र सरकारको मापदण्ड बमोजिम भिडभाड र ठूला जमघट नगर्न र त्यस्ता कार्यमा सहभागी नहुन आग्रह गरिएको नगरप्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिए।
     नगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा अनावश्यक घुमफिर, भेला तथा भोज जस्त कार्य नगर्न आग्रह गरेको छ ।


    images

    Logo