काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एयर एयरहोस्टेस) पदमा आवेदन माग गरेको छ । निगमले सूचना जारी गर्दै ३० एयर होस्टेजका लागि आवेदन माग गरेको हो ।
एयर एयरहोस्टेसका लागि प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका २५ वर्ष ननाघेका नागरिकले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन दिन चाहनेको न्यूनतम उचाइ ५ फिट २ इन्च हुनुपर्ने जनाइएको छ ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर साउन २१ गतेसम्म आवेदन नि सक्ने निगमले जनाएको छ ।