images
images

एफपीओ निष्काशन गर्दै सुर्योदय ओमी लघुवित्त, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


  • 1.1K
    SHARES
  • २०८० श्रावण ३ गते बुधबार

    एफपीओ निष्काशन गर्दै सुर्योदय ओमी लघुवित्त, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

    काठमाडौं । सुर्योदय ओमी लघुवित्तले एफपीओ निष्काशन गर्ने भएको छ । एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा कम्पनीले कुमारी क्यापिटललाई नियुक्त गरेको छ । 

    क्यापिटल नियुक्ती सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरको ४६ हजार ७ सय २९ दशमलव ५४५ कित्ता शेयर निष्काशन गर्नको लागेको हो । कम्पनीले कुल ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको एफपिओ निष्काशन गर्न लागेको हो ।

    नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले एफपिओ निष्काशन गर्ने छ  । 


    images

    Logo