काठमाडौं । प्रभु क्यापिटलले समर डिम्याट स्कीम सञ्चालनमा ल्याएको छ । डिम्याट सेवामा फरक ढंगबाट सेवा प्रदान गर्ने क्यापिटलल साउज १० गतेदेखि लागु हुनेगरी यस्तो स्कीम सञ्चालनमा ल्याएको हो ।
यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नुहुने हुनेछ । यो योजना २०७८ श्रावण ३२ गते सम्म सञ्चालन हुनेछ ।
साथै यस योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका वा खाता खोल्न अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकले अरु १० जनालाई नयाँ डिम्याट खाता खोल्न रिफर गरेमा१ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्नेछन् ।