काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक पाँच दर्जन कर्मचारी मागेको छ । करार सेवाका लागि राष्ट्र बैंकले ६३ जना कर्मचारीको माग गरेको हो ।
यसरी माग गरिएका कर्मचारीमा राष्ट्र बैंकले कार्यालय सहयोगी ३० जना, २२ जना सिपाही, रक्षक र महिला ५/५ जना र सुरक्षा सहायक १ जना छन् । इच्छुक आवेदकले १५ दिन भित्रै दरखास्त दिन पनि राष्ट्र बैंकले आग्रह गरको छ ।
राष्ट्र बैंकका अनुसार सुरक्षा समूहकाले लिखित, प्रयोगात्मक र अन्तरवार्ता दिनुपर्ने छ भने कार्यालय सहयोगीको लिखित र अन्तरवार्ता हुने छ । राष्ट्र बैंकका अनुसार ४५ वर्ष उमेर ननाघेका योग्य उमेदरवारले दरखास्त दिन पाउने छन् ।
उल्लेखित पदमध्ये सुरक्षा समूहका व्यक्तिहरुको लागि भने नेपाली सेनाका अवकाशप्राप्त सिपाही हुनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले अवकाशप्राप्त सैनिकलाई नै सुरक्षाको जिम्मा दिँदै आएको छ ।


