काठमाडौं । फुडमाण्डूको अनलाइन अर्डरमा इसेवाबाट भुक्तानी गर्दा ३ सय रुपैयाँसम्म छुट पाइने भएको छ । फूडमाण्डू र इसेवाबीचको सहकार्य अनुसार यस्तो भुक्तानीमा पहिलो अर्डरमा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँसम्मको छुट पाइने भएको हो ।
अहिले फूडमाण्डूको अनलाइन अर्डरमध्ये ३० प्रतिशतभन्दा बढी अर्डरको भुक्तानी अनलाइनमार्फत् हुने गरेको छ । यस्तो अवस्थामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न मालीले बताए ।
इसेवाको नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट हरेका प्रकारका खानेकुरा अर्डर गर्न सक्नेछन् । यो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ ।
इसेवाका बिजनेस डेभलपमेन्ट हेड अशिष प्रसाइँले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने बताए ।
‘कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्क भएको इसेवा जोडिन पाउँदा खुशीभएका छौं । यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ,’ उनले भने ।


