काठमाडौं । आगामी असोजमा सञ्चालन हुने कोरियन भाषाको आवेदन फारम खुलेको छ । फारम आगामी २० गते देखि २४ गतेसम्म भर्नुपर्ने ईपीएस कोरिया शाखाले जनाएको छ ।
फारम भर्नको लागि ५ दिनको समय छुट्ट्याइएको छ । आवेदकले अनलाइनको माध्यमबाट फारम भर्न सक्ने जनाइएको छ ।
के चाहिन्छ योग्यता ?
१८ वर्ष उमेर पूरा भई ३९ ननाघेका नेपाली नागरिकले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन पाउनेछन् ।
फौजदारी अभियोगमा सजाय पाएका व्यक्तिले आवेदन दिन पाउनेछैनन् । गणतन्त्र कोरियामा गई गैह्र कानुनी गतिविधिमा संलग्न भएको वा गैह्रकानुनी रुपमा बसोबास गरि कोरियाबाट फिर्ता पठाइएकोले समेत आवेदन दिन नपाउने ईपीएस् कोरिया शाखाले जनाएको छ ।
त्यस्तै, आवेदन दिने व्यक्तिलाई नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्नेछ । कोरियामा ई–९ र ई–९–१ भिसामा ५ वर्षभन्दा कम अवधि बसेकाले आवेदन दिन पाउने जनाइएको छ ।
तर रंग अन्धोपन (कलर ब्लाइन्डनेस), रंग कमजोरी (कलर विकनेस) र औंला काटिएका वा औंला नभएका (डिस्क एन्ड फिङ्गर एम्प्युटेसनं) भएकाले भने आवेदन दिन नपाउने ईपीएस् कोरिया शाखाले जनाएको छ ।


