images
images

राष्ट्र बैंकको प्रोभिजनिङबारे विज्ञको विचार

'आत्तिनु पर्दैन, लाभांश २ प्रतिशत जति घट्ने हो, त्यो पनि अर्को वर्ष आइहाल्छ'


  • 2.6K
    SHARES
  • २०७८ श्रावण ११ गते सोमबार

    'आत्तिनु पर्दैन, लाभांश २ प्रतिशत जति घट्ने हो, त्यो पनि अर्को वर्ष आइहाल्छ'

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रोभिजनिङसम्बन्धी व्यवस्था परिमार्जन गर्दै असल कर्जाको प्रोभिजनिङ १.३ प्रतिशत पुर्याएको छ । त्यति मात्रै होइन बैंक तथा वित्तीय संस्थाले कोभिडका कारण प्रवाह गरेको थप कर्जामा ५ प्रतिशत प्रोभिजनिङ गरी थप कर्जा प्रवाह गर्नसक्ने व्यवस्था समेत गरिएको छ । 

    यो व्यवस्थाले बैंकिङ क्षेत्रको नाफामा निकै ठूलो गिरावट आउनसक्ने भन्दै शेयर बजारका लगानीकर्ताहरु आत्तिएको जस्तो देखिन्छ । तर यो व्यवस्थाका कारण कोही पनि आत्तिनुपर्ने अवस्था नभएको वित्तीय क्षेत्र तथा पुँजी बजारसम्बन्धी विज्ञ अनलराज भट्टराई बताउँछन् । हेरौं भट्टराईको विचार उनकै भनाइमा । 

    ***

    अहिले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रबाह ४१ अर्ब रुपैयाँ हाराहारीमा छ । राष्ट्र बैंकको नयाँ व्यवस्थाले असल कर्जाको प्रोभिजनिङलाई ०.३ प्रतिशतले बढाएको छ । यो व्यवस्था हुनुअघि प्रोभिजनिङ १ प्रतिशत मात्रै थियो । अब यो बढेर १.३ प्रतिशत पुगेको छ । 

    ०.३ प्रतिशत प्रोभिजनिङ बढ्दा ४१ अर्ब रुपैयाँ कर्जाका लागि थप १२ अर्ब रुपैयाँ प्रोभिजनिङ गर्नुपर्छ । तर, लाभांशमा यो सबै रकमको असर पर्दैन । बैंकिङ क्षेत्रको नाफाबाट सरकारले लिने ३० प्रतिशत कर कटाउँदा करिब सवा ८ अर्ब रुपैयाँ जति मात्रै असर गर्छ । 

    अहिले बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी ३ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीका आधारमा सवा ८ अर्ब रुपैयाँ भनेको करिब २ प्रतिशत मात्रै हो । राष्ट्र बैंकको यो व्यवस्थाले समग्र बैंकिङ क्षेत्रको लाभांशमा पर्ने असर भनेको त्यही हो । 

    तर, यो पनि लगानीकर्ताले लाभांश गुमाएको अवस्था होइन । प्रोभिजनिङमा राख्दा अर्को वर्ष लगानीकर्ताले पाउने लाभांश दर स्वतः बढ्छ । त्यसैले यसलाई नोक्सान भएको मान्नु हुँदैन । बरु नाफाबाट ८ अर्ब रुपैयाँ सञ्चित रहने र अर्को वर्षको नाफाका लागि सुविधा हुने रुपमा बुझ्नुपर्छ । त्यसैले लगानीकर्ता आत्तिनुपर्ने अवस्था छैन । 


    images

    Logo