काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १ वर्षमा ८ हजार ९ सय ९ रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा १ लाख ३२ हजार ४ सय ९९ रहेको प्रतिव्यक्ति आय अहिले बढेर १ लाख ४१ हजार ९ सय ९ रुपैयाँ पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो ।
कोभिड महामारी कै बीच बढेको आर्थिक गतिविधि र केन्द्रीय तथ्यांक विभागले आधार वर्ष समेत परिवर्तन गरेकाले यस वर्ष ६.७२ प्रतिशतले प्रतिव्यक्ति आय बढेको हो ।
केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय लेखामा नयाँ आधार वर्षको आधारमा प्रतिव्यक्ति आयको वृद्धिदर बढेको देखाएको विभागका निर्देशक ईश्वरी प्रसाद भण्डारीले बताए । अमेरिकी डलरमा भने यस्तो आय १ हजार ४ सय ८६ अमेरिकी डलर रहेको छ । गत आर्थिक वर्षमा यस्तो आय १ हजार ४ सय २२ डलर थियो । १ वर्षको अवधिमा ६४ डलरले बढेको छ ।


