images
images

सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त


  • 448
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त

    काठमाडौं । सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ । कोषले आज एक सुचना जारी गर्दै रिक्त रहेको पदका लागि दरखास्त आह्वान गरेको हो । सामाजिक सुरक्षा कोषमा कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्दै आएकाे काेषले जनाएकाे छ । 

    कार्यकारी निर्देशकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४, नियमावली २०७५ र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकको छनोट, पारिश्रमिक, सुविधा तथा सेवाको सर्तसम्बन्धी नियमावली २०७६ बमोजिम शैक्षिक षेग्यता र अनुभव पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

    अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्य शास्त्र वा कानुनमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सरकारी वा गैरसरकारी संघसंस्था या प्रचलित कानुन बमोजिम स्थापित कम्पनी वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तीमा १५ वर्ष कार्यानुभव भएको र ५५ वर्ष ननाघेको व्यक्तिले कोषको कार्यकारी निर्देशकमा आवेदन दिन सक्नेछन् ।

    16908617735268.jpg

    16908617735268 m.jpg

     

     


    images

    Logo