images
images

रोजगारीका लागि एकै वर्षमा ७ लाख ७१ हजार नेपाली विदेशीए, सबैभन्दा बढी मलेसियामा


  • 601
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    रोजगारीका लागि एकै वर्षमा ७ लाख ७१ हजार नेपाली विदेशीए, सबैभन्दा बढी मलेसियामा

    काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा ७ लाख ७१ हजार ३ सय २७ जना नेपालीले श्रम स्वीकृति लिएका छन् । ६ लाख ९९ हजार १ सय ९३ जना पुरुष र ७२ हजार १ सय ३४ जना महिलाहरुले वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख गरिएको छ । 

    स्वीकृति लिएका कुल संख्यामध्ये मलेसिया जाने मात्रै २ लाख ५९ हजार ५ सय ९४ जना रहेका छन् । २ लाख ५२ हजार २ सय ९५ पुरुष र ७ हजार २ सय ९९ जना महिलाले अघिल्लो आर्थिक वर्षमा मलेसियाका लागि श्रम स्वीकृति लिएका हुन् । 

    त्यस्तै, कतारका लागि १ लाख २६ हजार ५ सय ६३ जना पुरुष र ६ हजार ६ सय ९९ महिलासहित कुल १ लाख ३३ हजार २ सय ६२ जनाले स्वीकृति लिएका छन् । 


    images

    Logo