काठमाडौँ । नगरपालिकाको वडा नं। ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
खानेपानीले पाइप मर्मत गर्ने क्रममा खाल्डो खनेर पाइप मर्मत गर्दा समन्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभावित भएका छन् ।
वडा नं। १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को सङ्ख्यामा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ ।


