काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस) मा फोन दर्ता गर्ने म्याद साउन मसान्तसम्मका लागि बढाइएको छ । मंगलबार राजपत्रमा सूचना प्रकाशित गर्दै अर्थ मन्त्रालयले म्याद थपिएकोबारे जानकारी दिएको हो ।
आर्थिक ऐन २०८० ले असार मसान्तलाई अन्तिम मिति तोकेकोमा मन्त्रालयले एक महिना थप गरेर साउन मसान्तसम्मको समय दिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ देखि एमडीएमएस व्यवस्था सञ्चालनमा ल्याएको थियो । व्यवस्था आएसँगै एमडीएमएस प्रणालीमा दर्ता नभएका मोबाइल सेट अवैध मानिने र केही अवधिपछि नेटवर्क सेवा प्राप्त नहुने बताइएको थियो ।