images
images

मध्य भदौमा इलेक्ट्रोनिक्स सम्बन्धी वृहत् प्रदर्शनी हुने


  • 502
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    मध्य भदौमा इलेक्ट्रोनिक्स सम्बन्धी वृहत् प्रदर्शनी हुने

    काठमाडौं । मध्य भदौमा इलेक्ट्रोनिक्स सम्बन्धी वृहत् प्रदर्शनी आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स्ले एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया र फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् सँग मिलेर उक्त प्रदर्शनी  भाद्र १५ देखि १७ सम्म आयोजना गर्न लागेको हो । 

    उक्त प्रदर्शनीले नेपालमा विद्युत, विद्युतीय उपकरण, घरायसी रुपमा प्रयोग हुने विद्युतीय सामग्रीहरू तथा उर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ । 

    नेपालमा इलेक्ट्रोनिक्स क्षेत्रबाट सन् २०२३ मा अमेरिकी डलर ३६ करोड बराबरको राजस्व उठ्ने प्रक्षेपण छ । त्यस्तै, सन् २०२७ सम्ममा एयर कन्डिसनर, इलेक्ट्रिक फ्यान र फ्रिज जस्ता इलेक्ट्रोनिक सामाग्रीको प्रयोगकर्ताको सङ्ख्या १.३९ करोड पुग्ने अपेक्षा गरिएको छ ।

    नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार गराउने आयोजकको विश्वास छ । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा कुनैपनि प्रवेश शुल्क नलिने आयोजकले जनाएको छ ।  

     


    images

    Logo