images
images

फाइभजी परीक्षणसम्बन्धी कार्यविधि पारित


  • 398
    SHARES
  • २०७८ श्रावण १३ गते बुधबार

    फाइभजी परीक्षणसम्बन्धी कार्यविधि पारित

    काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो ।

    कार्यविधि पारित भएसँगै नेपालमा फाइजी सञ्चालनको बाटो खुलेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । कार्यविधि तयार भएसँगै अब सबै सेवा प्रदायकले परीक्षणका लागि आवेदन दिन सक्नेछन् ।

    कार्यविधिअनुसार फाइभजी तथा सम्भावित नयाँ प्रविधि परीक्षण गर्न चाहने सेवा प्रदायकले अब परीक्षण मोडालिटी, नयाँ प्रविधिबारे जानकारी, परीक्षण गरिने स्थान, उपलब्ध गराउने सेवा तथा प्रक्रिया, परीक्षणका लागि आवश्यक फ्रिक्वेन्सी विवरण, नेवटर्क जडान तथा सञ्चालनको समय तालिकासहितको कार्ययोजना निवेदन प्राधिकरणमा पेश गर्नुपर्नेछ ।

    परीक्षणका लागि प्राधिकरणले अधिकतम १ वर्षका लागि निःशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने र सम्पन्न भएपछि पुनः फिर्ता लिनेछ । सेवाप्रदायकले पनि परीक्षणकालभरि सेवाग्राहीबाट कुनै शुल्क उठाउन पाउनेछैन । यस्ता प्रविधि परीक्षण गर्दा सेवा प्रदायकले ग्रामीण र शहरी दुवै क्षेत्र समेट्नु पर्नेछ । स्वीकृति लिई परीक्षण शुरु गर्दा आवश्यक पर्ने हार्डवेयर तथा सफ्टवेयर आयात तथा जडान कार्य सम्पन्न गरी प्राधिकरणलाई अनिवार्य जानकारी गराउनुपर्नेछ ।

    स्वीकृत भएको तीन महिनासम्म पनि आवश्यक उपकरण आयात तथा जडानसम्बन्धी कार्यमा प्रगति नदेखिएमा प्राधिकरणले रद्द गर्ने कार्यविधिमा उल्लेख छ ।


    images

    Logo