काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । नेपाली समय अनुसार ६:१८ उक्त यानले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गरेको हो ।
यो सँगै भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो र दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान हो ।
अवतरणका अवसरमा यसको प्रत्यक्ष प्रसारण गरिएको छ । अवतरण भएसँगै प्रधानमन्त्री मोदीले सम्पूर्ण भारतीयहरुलाई बधाई दिएका छन् ।