images
images

प्रतिबोरा ५२ रुपैयाँले घट्यो हेटौंडा सिमेन्टको मूल्य


  • 980
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    प्रतिबोरा ५२ रुपैयाँले घट्यो हेटौंडा सिमेन्टको मूल्य

    काठमाडौं । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य प्रतिबोरा ५१.९८ रुपैयाँले घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।

    उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको कारखानाद्वारा ६४९ रुपैयाँ ७५ पैसा बनाएको छ । घटाएको मूल्य आइतबारबाट लागू भएको उद्योगले जनाएको छ । उक्त मूल्यमा उद्योगले ५६४ रुपैयाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ । यसअघि हेटौँडा सिमेन्ट उद्योगको सिमेन्टको कारखानाद्वारा मूल्य ७०१ रुपैयाँ ७३ पैसा रहेको थियो । उद्योगले शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । 

    उद्योगको सिमेन्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन रहेकोमा छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ । २०३३ असोज १३ मा स्थापना भएको उद्योग निर्माणपछि आर्थिक वर्ष २०४२/०४३ बाट उत्पादन सुरु गरेको थियो ।


    images

    Logo