images
images

हेटौंडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु


  • 604
    SHARES
  • २०८० भाद्र १५ गते शुक्रबार

    हेटौंडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

    हेटौंडा । करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले आज शुक्रबारदेखि पुनः उत्पादन सुरु गरेको छ । पर्याप्त कोइला नभएका कारण श्रावण ५ देखि बन्द भएको उत्पादन आजदेखि सुचारु भएको हो । 

    उद्योग व्यवस्थापनले बोलपत्रमार्फत् २ हजार ५ सय मेट्रिक टन कोइला आपूर्ति गरेर आजबाट उत्पादन सुरु गरेको महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । उनले थप ३ हजार मेट्रिक टन कोइलाको आपूर्ति गर्न बोलपत्र आह्वान भइसकेको बताए । 

    उत्पादन भएका झण्डै २ लाख २५ हजार बोरा सिमेन्ट बिक्री गर्न नसक्दा उद्योगले आर्थिक संकट व्यहोरिरहेको समेत पाण्डेले बताए । उनले भने, ‘करिब ४ दशक पुरानो उद्योगको मेसिनहरु जीर्ण अवस्थामा रहँदै आएकाले क्षमता अनुसार उत्पादन हुन सकेको छैन । विद्युत खपततर्फ पनि मासिक १ करोड ६० लाख रुपैयाँको खर्च बढेको छ । हामी मुनाफामा होइन, आर्थिक संकटतर्फ जाँदै छौँ ।’

    निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य ५१.९८ रुपैयाँले घटाएको थियो ।


    images

    Logo