काठमाडौं । सरकारले नेपालमा सशूल्क प्रसारण अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरुमा आलाकार्ट मूल्य प्रणाली लागू गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९ तथा नियमावली, २०५२ बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आलाकार्ट मूल्य प्रणाली लागू गरेको हो ।
योसँगै अब प्रसारण संस्थाहरुले उपभोक्तासँग तोकिएको मूल्यमात्रै लिन पाउने छन् ।
साउन १ गतेदेखि आलाकार्ट शूल्क प्रणाली लागू गर्ने सूचना तथा प्रशारण विभागको योजना रहेको थियो । तर उक्त अवधिसम्म सशुल्क सञ्चालनमा रहेका विदेशी च्यानहरुको विवरण प्राप्त हुन नसकेको भन्दै विभाग पछि हटेको थियो ।
पहिले नै कार्यान्वयनमा आएपनि अहिले भने पूर्णरुपमा कार्यान्वयन गरिएको बताइएको छ ।
के हो आलाकार्ट शुल्क प्रणाली ?
आलाकार्ट शुल्क प्रणाली भनेको उपभोक्ताले आफूले हेर्न चाहेको च्यानलको मात्र शुल्क तिर्ने प्रणाली भएकोले उपभोक्तालाई न्याय हुने प्रणाली हो । यो प्रणाली छिमेकी देश लगायत विश्वका धेरै मुलुकमा प्रचलनमा रहेको छ ।
नेपाल सरकारको निर्णय कार्यान्वयन पश्चात् टेलिभिजन दर्शकले आधारभूत प्याकेजका लागि २५० रुपैयाँ प्रति महिना र सशुल्क च्यानल समेत गरी अधिकतम कुल ५०० रुपैयाँ प्रति महिना तिर्नु पर्ने र सेवा प्रदायकले हाल इण्टरनेट र टेलिभिजन च्यानल गरी लिईराखेको कुल शुल्कमा थप गरी शुल्क बढाउन नपाउने व्यस्था समेत गरिएको छ ।
यो नयाँ व्यवस्था अनुसार उपभोक्ताबाट उठाउन सकिने बुके र प्रति च्यानलको मूल्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट निर्धारण हुने हुन्छ । यो नयाँ प्रणालीमा शुल्क प्रणाली पारदर्शी भई उपभोक्ता तथा यस प्रणालीमा संलग्न हुने सबै संस्थाहरुलाई फाईदा हुने विश्वास राखिएको जनाएको छ ।
अब कुन च्यानलको मूल्य कति ?


