images
images

वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूको रकम फिर्ता


  • 539
    SHARES
  • २०७८ बैशाख १८ गते शनिबार

    वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूको रकम फिर्ता

    दमौली । सुरक्षित आप्रवासन परियोजना सामी को पहलमा तनहुँका १८ जनाले ठगिएको रकम फिर्ता पाएका छन् । 

    वैदेशिक रोजगारको सिलसिलामा ठगिएकाहरूलाई सामी परियोजनाको पहलमा रकम फिर्ता गरिएको हो । चालु आर्थिक वर्षको असारदेखि हालसम्म १८ जनाले रु आठ लाख ७० हजार रकम फिर्ता पाएको परियोजनाका जिल्ला संयोजक लुना रानाले जानकारी दिए ।

    यस अवधिमा व्यास नगरपालिकाका रु चार लाख, म्याग्दे गाउँपालिकाभित्रकाका रु चार लाख ४० हजार र अन्य स्थानीय तहकालाई रु ३० हजार रकम फिर्ता गरिएको छ । 

    चालु आर्थिक वर्षमा आप्रवासन केन्द्रमा ९२ वटा मुद्दा परेका छन् । त्यसमध्ये व्यास नगरपालिकाका ३१, भानु नगरपालिकाका सात, शुक्लागण्डकी नगरपालिकाका १६, म्याग्दे गाउँपालिकाका २१ र अन्य स्थानीय तहका १७ मुद्दा छन् ।


     आप्रवासन केन्द्रमा परेका उजुरीका आधारमा उनीहरूलाई रकम फिर्ता गराउन पहल गरिएको रानाले जानकारी दिए । 

    प्रशासनको समेत सहयोग प्राप्त भएपछि ठगी गर्नेहरू डराएर पैसा लिएर आउने गरेका छन्”, उहाँले बताए, “विदेश पठाइदिन्छु भनेर रु १८ लाखसम्म ठगी गरेको मुद्दा पनि आएको छ ।” 

     


    images

    Logo