images
images

४० लाख धेरै फलोअर्स भएको रुटिन अफ नेपाल बन्द पेज 'बन्द'


  • 1.4K
    SHARES
  • २०८० भाद्र १८ गते सोमबार

    ४० लाख धेरै फलोअर्स भएको रुटिन अफ नेपाल बन्द पेज 'बन्द'

    काठमाडौं । ४० लाख भन्दा धेरै फलोअर्स भएको रुटिङ अफ नेपाल बन्द नामक पेज बन्द भएको छ । बालेनको पक्षपोषणका लागि सूचना तोडमोड गरेको आरोप खेपेसँगै उक्त पेज बन्द गरिएको हो ।

    पेजका सञ्चालक भिक्टर पौडेलले आफ्नो व्यक्तिगत अकाउन्ट मार्फत् यस्तो जानकारी दिएका हुन् । उनले यसलाई बोल्ड डिसिजन समेत भनेका छन् ।

    ‘अब अट्याक गर्नु पर्दैन... स्वार्थले खोलेको थिएन तैपनि बाल छैन... बाँकी कुरा पछि गरौंला’ भन्दै भिक्टरले पेज अनपब्लिस गरेको फोटो पोष्ट गरेका छन् ।

    शनिबार राती काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको गाडी ट्राफिकले रोकेपछि उनले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । उनको त्यो स्टाटसको विरोध भएपछि त्यसलाई इमोसनल ब्याकमेलिङ गर्ने हिसाबले ७ दिन अघि जन्मिएको बच्चालाई भर्खर जन्मिएको ढंगले प्रस्तुत गरेको थियो ।

    आम सञ्चारमाध्यमबाट तथ्य बाहिरिएपछि सो पेजले ‘केही दिन अघि’ भन्दै सच्याएको थियो । अन्ततः बालेनले अघिल्लो दिनको स्टाटस हटाए पनि बालेन र सो पेजको बौध्दिक समाजले आलोचना गर्दै आएका थिए ।

    Screenshot (21).png


    images

    Logo