images
images

आईएमई मोटर्स बन्यो स्वीच मोविलिटिका ईभी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक प्रतिनिधि


  • 853
    SHARES
  • २०८० भाद्र २२ गते शुक्रबार

    आईएमई मोटर्स बन्यो स्वीच मोविलिटिका ईभी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको आधिकारिक प्रतिनिधि

    काठमाडौँ । आइएमई मोटर्स नेपालमा स्वीच मोविलिटिका विद्युतीय गाडी र अशोक लेल्याण्डका डिजेल जेनेरेटरको विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । 

    अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा भारतको चेन्नेईमा आयोजित एक विशेष समारोहबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । 

    सम्झौतामा स्वीच मोविलिटिका प्रमुख कार्यकारी अधिकृत महेश बाबु र आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले हस्ताक्षर गरेका छन् । अशोक लेल्याण्डका अध्यक्ष धिरज हिन्दूजाले उक्त सम्झौता आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।

    भारतीय अटोमोटिभ कम्पनी अशोक लेल्याण्डको सब्सीडिएरी कम्पनी स्वीच मोविलिटिले विद्युतीय सवारी साधन निर्माण तथा दिगो यातायातका साधनको विकासमा केन्द्रित रहेर वातावरणमैत्री विद्युतीय बस तथा हलुका व्यावसायिक सवारी साधनहरु उत्पादन तथा वितरण सुरु गरेको छ । यो कम्पनी सन् २०२० मा अशोक लेल्याण्डको सहायक कम्पनीको रुपमा स्थापना भएको थियो । 

    अशोक लेल्याण्डको ७५औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक समारोहबीच भारतीय यातायात मन्त्री नितिन गड्करीले स्वीच मोविलिटिद्वारा उत्पादित हलुका व्यावसायिक विद्युतीय सवारी साधनको उद्घाटन गरे । 

    त्यसैगरी, आइएमई मोटर्स अशोक लेल्याण्डका डिजेल जेनेरेटर (जेनसेट) को पनि विक्रि वितरण गर्ने आधिकारिक प्रतिनिधि बनेको छ । अशोक लेल्याण्डले आफ्नो उत्पादन पोर्टफोलियोको एक अंगको रुपमा डिजेल जेनेरेटरहरु उत्पादन गर्दछ ।

    अशोक लेल्याण्डका जेनेरेटर आवासीय, व्यावसायिक, औद्योगिक र कृषिलगायत विभिन्न क्षेत्रमा भरपर्दो र विश्वसनीय ऊर्जा परिपूर्तिका लागि डिजाइन गरिएको छ । अशोक लेल्याण्ड प्रसिद्ध व्यावसायिक समूह हिन्दूजा ग्रुपको प्रमुख कम्पनी हो ।


    images
    images

    Logo