काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका नेपाली राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्ने उद्देश्यले दुई दिने बैठक आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकको अध्यक्षता स्वयं प्रधानमन्त्री प्रचण्डले गर्नेछन् । छलफलमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ। बैठक सोमबार र मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चल्नेछ।