images
images

टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, यस्ता छन् फिचर र मूल्य


  • 903
    SHARES
  • २०८० भाद्र २६ गते मंगलबार

    टाटाका बहुप्रतिक्षित गाडीहरु सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

    काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि ले टाटाका बहुप्रतिक्षित गाडीहरु टाटा टियागो ईभी र टाटा पन्च नेपाली बजारमा सार्वजनिक गरेको छ। राजधानीको भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा आजदेखि सुरु भएको १५औँ संस्करणको अटो शो ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा यी उत्पादनहरुको विक्री वितरण शुभारम्भ गरिएको हो। 

    अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरु रहेका छन।  जसमा कार्य कुशलता , प्रविधि, विश्वास , चार्जिङ र आरामदायीता रहेका छन्। क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरु रहेका छन्। यो गाडीको इन्टेरिएर आरामदायी तथा एक्स्टेरिएर आकर्षक रहेको छ। यस टियागो ईभी सिमित अवधिका लागि सुरुआती मूल्य  २१.९९ लाख राखिएको छ भने अन्य भेरिएन्टहरुको मूल्य यस प्रकार रहेको छ।

    1(97).jpg

    यस्तै, अर्को गाडी नेक्सन ईभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज ४५३  किलोमिटर रहेको छ। टियागो ईभी जस्ता अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ। आरामका लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायत अन्य विशेषताहरु भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ। सुरक्षाका लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन्।

    नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको सुरुआती मूल्य ४५.९९ लाख राखिएको छ।

    11.jpg

    त्यसैगरी, टाटाको “न्यु फरेभ” रेन्जअन्तर्गतको टाटा पन्चको चार आधार स्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन्। नयाँ युग सुहाउँदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयूभी रुपमा पनि परिचित छ। टियागो ईभीको बजार मूल्य यसप्रकार रहेको छ।

    3(38).jpg

    ‘नेपालकै  प्रख्यात नाडा अटो सोमा भाग लिई टाटाका अत्याधुनिक गाडीहरु नेपाली ग्राहकहरु समक्ष प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौँ’, टाटा मोटर्सको इन्टरनेसनल बिजनेस हेड मयंक वाल्डी भन्छन्, ‘हरित यातायातको विकासमा  निरन्तर नँया÷नँया आयामहरू थप्दै गर्ने हाम्रो प्रतिवद्धतालाई टाटा टियागो ईभीले प्रतिनिधित्व गर्छ। त्यसैगरी, टाटा पन्चले नेपाली बजारमा हाम्रो “एसयूभी पोर्टफोलियो” लाई थप बलियो एवं बृहत  बनाउदै जाने प्रयासलाई दर्शाउछ। यी दुवै गाडीहरुले नेपाली ग्राहकहरुको मन र मस्तिष्कमा अमिट छाप छोड्नेछन् भन्नेमा टाटा पूर्ण आश्वस्त छ।’

    त्यसैगरी सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, ‘टाटा टियागो ईभी र टाटा पन्चले टाटा र सिप्रदीको नेपाली ग्राहकको ड्राइभिङ अनुभवलाई नवीन र दिगो ढंगले रुपान्तरण गर्ने साझा प्रतिबद्धताको प्रतिनिधित्व गर्छ। टाटा मोटर्ससँगको सहकार्यमा नेपालको समग्र यातायात क्षेत्रको विद्युतीकरण र यसको हरित भविष्यका लागि योगदान गर्न पाउँदा सिप्रदी खुसी र गौरवान्वित महसुस गर्दछ।”

    नाडा अटो सो को पहिलो दिनमा टाटाले ग्राहक एवम मिडियाहरुबाट अपेक्षा गरेभन्दा बढी साथ र समर्थन पाएको छ।       

     


    images

    Logo