images
images

बाथरुममै किन हुन्छ बढी हर्टअट्याक ?


  • 1.2K
    SHARES
  • २०८० भाद्र २७ गते बुधबार

    बाथरुममै किन हुन्छ बढी हर्टअट्याक ?

    काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको मंगलबार निधन भयो । उनको निधनको कारण हर्टअट्याक रहेको अस्पतालले जनाएको छ । राति बाथरुम छिरेका उनलाई सोही समयमा हर्टअट्याक भएको थियो । 

    नेम्वाङ मात्र होइन पछिल्लो समय हृदयघातका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । बिलासी जीवनशैली र खानपानका कारण पछिल्लो समय वृद्ध वृद्धामा मात्र नभएर युवा पुस्तामा समेत मृटु सम्बन्धी रोग बढ्दै गएको पाइन्छ । विज्ञानको आधारमा हेर्दा हर्टअट्याकको सम्बन्ध हाम्रो रगतमा हुन्छ । रगतमार्फत् हाम्रो शरीरमा अक्सिजन र जरूरी पोषक तत्व पुग्छ । तर जब कुनै व्यक्तिको हृदयसम्म अक्सिजन पुग्ने धमनीमा प्लाक जमेको कारण रुकावट पैदा हुन्छ, यसकारण मुटु धड्किने रफ्तार असन्तुलित हुन्छ र हर्टअट्याक आउने गर्छ ।

    यसरी हर्टअट्याक हुनेमध्ये धेरैजसो घटना बाथरुममा भएको देख्न सकिन्छ । कुनै व्यक्तिले बाथरुममा छोटो समय बिताउने भएपनि यस्तो घटना अधिकांश बाथरुममै किन हुन्छ ? यससम्बन्धमा चिकित्सकहरुले केही कारण बताएका छन् । 

    १.  बिहानको समयमा हाम्रो ब्लडप्रेसर धेरै हुन्छ । यस्तैमा हामी जब नुहाउनको लागि अधिक चिसो वा तातो पानी टाउकोमा हाल्छौं तब यसले ब्लड प्रेशरमा प्रभावित हुन्छ । यसैकारण हर्टअट्याकको जोखिम बढि हुन्छ ।

    २. बिहानको समयमा जब हामी शौचालय जान्छौ तब हामी पेट पुरै तरिकाले सफा राख्नको लागि प्रेसर लगाउँछौंं । अधिक प्रेसर लगाउँदा हाम्रो मुटुमा अधिक दवाब बन्छ जसका कारण हर्टअट्याक आउन सक्छ ।

    ३. बाथरुमको तापमान घरको अरु ठाउँभन्दा निकै चिसो हुन्छ । यस्तो स्थिति शरीरको तापमानलाई सन्तुलित गर्न र रगत प्रवाह गर्नलाई अधिक कार्य गर्नुपर्छ। यसकारण हर्टअट्याक आउन सक्छ ।


    images

    Logo