images
images

स्वास्थ्य राज्यमन्त्रीको हिसाबकिताब : यसरी आउँदैछ, ५ करोड डोज खोप (तालिकासहित)


  • 452
    SHARES
  • २०७८ श्रावण १८ गते सोमबार

    स्वास्थ्य राज्यमन्त्रीको हिसाबकिताब : यसरी आउँदैछ, ५ करोड डोज खोप (तालिकासहित)

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने बताएका छन् । उनले ५ करोड २२ लाख खोप आउने पनि दावी गरे । राज्यमन्त्रीका रुपमा १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै उनी खोप खरिद तथा आयातका सम्बन्धमा फोकस भएर प्रस्तुत भए ।  

    स्वास्थ्य राज्यमन्त्री श्रेष्ठका अनुसार हालसम्म ९७ लाख डोज खोप आइसकेको र निकट भविश्यमा ३५ लाख अनुदानमा मिलेका खोप नेपाल आइसक्ने छन् । त्यसैगरी भर्खरै संझौता भएका १ करोड खोप पनि समयमा नै आउने उनले दावी गरे । उनले प्रक्रिया अघि बढाईसकेका र प्रक्रियामा रहेका खोपहरुको पनि लेखा लाए ।

    कहाँवाट कति खोप आउँदैछ/आउँछ ?
    तत्कालै आउने खोप
    क. चीनले अनुदानमा दिएको १६ लाख 
    ख. जापानले अनुदानमा दिएको १६ लाख 
    ग. भुटानबाट आउने ३ लाख 

    सम्झौता भएका

    क. चीनको सिनोफार्म कम्पनीसँग सम्झौता भएको – ६० लाख खोप ।
    (अघिल्लो सरकारले प्रक्रिया अघि बढाएको र हाल सम्झौतामा हस्ताक्षर भएको ।)

    ख. मोडेर्नाको ४० लाख खोप 
    (खरिदका लागि नयाँ सरकारले विश्व बैंकमार्फत रकम भुक्तानी गरेको ।) 

    प्रक्रिया अघि बढाइएको 

    १. अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनको ५० लाख
    २. फाइजरको ४० लाख 
    ३. एस्ट्राजेनेकाको २० लाख
    ४. फाइजरको ६० लाख (१२ देखि १८ उमेर समूहलाई हुनेगरी)

    आउने सम्भावना भएको

    क. १ करोड १३ लाख डोज खोप
    (कोभ्याक्स कार्यक्रममार्फत्)


    images

    Logo