images
images

टिकट काउन्टर पछि महानगरको ध्यान डेरीमा, ३० दिने अल्टिमेटम  


  • 1.3K
    SHARES
  • २०८० भाद्र २८ गते बिहीबार

    टिकट काउन्टर पछि महानगरको ध्यान डेरीमा, ३० दिने अल्टिमेटम  

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डेरी व्यवसायलाई मापदण्ड कायम गर्न तथा दर्ता गर्न ३० दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै डेरी व्यवसायीलाई आफ्नो व्यवसाय रहेको वडा कार्यालयमा दर्ता र नवीकरण गर्न निर्देशन दिएको हो ।  

    सूचनामा महानगरले खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ ले तोकेबमोजिम सञ्चय तथा बिक्री वितरण गर्न समेत व्यवसायीहरुलाई निर्देशन दिएको छ । 

    यसअघि महानगरले टिकट काउन्टरहरुलाई साउन २६ गते सूचना जारी गर्दै भदौ १ गतेसम्म तोकिएको मापदण्ड पूरा गरि दर्ता हुन निर्देशन दिएको थियो ।  मापदण्ड पूरा नभएका र दर्ता नभएका १०० भन्दा बढी टिकट काउन्टर महानगरले बन्द गराएको थियो ।  


    images

    Logo