काठमाडौं । फेसबुकले पनि पैसा तिरेर भेरिफिकेसन ब्याच (ब्लुटिक) लिन पाउने फिचर सुरु गरेको छ । फेसबुकको सञ्चालक कम्पनी मेटाले बुधबार यो फिचर सुरु गरेको हो ।
यसअघि प्रयोगस्वरुप केही क्षेत्रका लागि मात्रै यो फिचर उपलब्ध थियो ।, अहिले भने यसलाई विश्वभरका प्रयोगकर्ताका निम्ती लागु गरिएको हो । यस अन्तर्गत व्यक्तिगत अकाउन्टले मासिक ७.९९ डलर तिरेरभेरिफिकेसन ब्याच लिन सकिन्छ ।
यसैगरी व्यवसायिक संस्थाका फेसुबक पेजहरुले मासिक २२ डलर तिरेर यो सुविधा लिन सक्नेछन् । ३५ डलर तिरेरमा इन्टाग्राममा समेत यो सुविधा पाइनेछ । यो सुविधा अर्को साताबाट मात्रै उपलब्ध हुनेछ ।
यसरी ब्लुटिक लिने व्यवसायिक संस्थाको पेजमा राम्रो रिच एवं सपोर्ट समेत प्राप्त हुने मेटाले जनाएको छ । बिजनेस भेरिफिकेसनका लागि व्यवसायिक संस्था दर्ता भएको प्रमाणपत्र अपलोड गरी पुष्टि गर्नुपर्ने जनाइएको छ ।


