images
images

युरोप र अमेरिका पठाइदिन्छु भन्दै ३ करोड ठगी गर्ने म्यानपावर कम्पनीकाे लाइसेन्स खारेज


  • 731
    SHARES
  • २०८० आश्विन ४ गते बिहीबार

    युरोप र अमेरिका पठाइदिन्छु भन्दै ३ करोड ठगी गर्ने  म्यानपावर कम्पनीकाे लाइसेन्स खारेज

    काठमाडौं । युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने विस एचआर सोलुसन प्रालिको इजाजत रद्द गरी सञ्चालक विरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दायर गरेको छ । 

    म्यानपावरका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, लाल बहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाको समेत मिलेमतोमा सरिता भुजेल लगायतका ४३ जनालाई युरोपका विभिन्न देश, जापान र अमेरिका पठाइदिन्छु भन्दै तीन करोड ८२ लाख २८ हजार चार सय ९८ रुपैयाँ ठगी गरेको पाइएपछि विभागले म्यानपावरको इजाजत रद्द गरी वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । 

    वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएको विस एचआर सोलुसन म्यानपावरका सञ्चालक उनीहरूले रकम लिएपछि पीडित श्रमिकलाई वैदेशिक रोजगारीमा पनि नपठाउने र लिएको रकम पनि फिर्ता नदिने गरेपछि विभागमा उजुरी परेको थियो । 

    उजुरी उपर छानबिन गरी विभागले म्यानपावरका सञ्चालक विरुद्ध तीन करोड ८२ लाख २८ हजार ४ सय ९८ रुपैयाँ बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जानासमेत भराउने मागदावी सहित मङ्गलवार न्यायाधिकरणमा अभियोगपत्र दायर गरेको छ । 


    images

    Logo